• Breaking News

    5.30.2016

    पूर्वराजाले यी तीन हस्तीलाई टि स्टेटमा बोलाए

    मंगलबार, १८ जेठ
    काठमाडौं । दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् ।
    उनीहरु गएको शुक्रबार नै त्यता पुगेका हुन ।
    पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनालाई बोलाएका बुझिएको छ ।
    उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ ।
    राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।आजको समाचारपत्रमा समाचार छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र