• Breaking News

    5.29.2016

    बिमलकी बहिनीको हत्यारालाई कारबाही माग राख्दै प्रदर्शनी

     जेठ १७, नवलपरासी। राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै नवलपरासीमा प्रदर्शन गरिएको छ ।


    मनिषाको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै मनिषाका आफन्त, शुभचिन्तक र स्थानीयले आइतबार सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन् ।

    उनीहरुले दोषी पत्ता लगाई हदैसम्मको कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
    मनिषाको शवको परीक्षण रिपोर्ट अझै लिखितरुपमा जिल्लामा नआएका हुँदा घटनाको प्रष्ट जानकारी हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको प्रकृतिले घटनाको वास्तविकता पत्ता लगाउन अझै दुई साता लाग्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र