• Breaking News

    5.16.2016

    भारतले विराटनगरको फिल्ड कार्यालय हटाउन मानेन

    ४ जेठ, काठमाडौं ।

    ०६५ मा कोसी कटानको समयमा तत्काल उद्योग व्यापारमा सहजीकरण गरी आवश्यक सुविधा पुर्‍याउन पूर्वका उद्योगी व्यापारीको आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो ।

    तर, त्यो प्रयोजन सकिएपछि पनि भारतले सो कार्यालय हटाउन नमानेको बताइएको छ । फिल्ड कार्यालय हटाउन नेपाल सरकारले पाँ वर्षअघि नै दूतावासलाई परिपत्र गरेको थियो ।

    परराष्ट्रमन्त्रालयले गरेको परिपत्रलाई वेवास्ता गर्दै भारतले नियमविपरीत विर्वाध रुपमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ ।

    कोशी कटानकोे बेला फिल्ड कार्यालय स्थापना गरिएपनि हाल सो समस्या समाधान भइसकेको छ । फिल्ड कार्यालयले के के काम गर्छ र कति कर्मचारी छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन ।

    फिल्ड कार्यालयबारे जानकारी लिन खोज्दा त्यहाँका अधिकारीले जे जानकारी चाहिएको भएपनि आफ्रनै देशको परराष्ट्रमन्त्रलयबाट लिन आग्रह गरेका थिए ।

    विराटनगर १७ स्थित मलाया रोडमा रहेको दूतावासको फिल्ड कार्यालयमा भारतको मात्र झन्डा फहराउँछ । अनुमतिबेगर झन्डा राखेर कार्यलय सञ्चालन गर्नु कुटनीतिक सक्बन्धविपरीत हुने परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ । नयाँ पत्रिका देनिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र