• Breaking News

    5.15.2016

    बेहुली लिन हिँडेका बेहुलाले बाटोमै आत्महत्या गरे

    एजेन्सी । बेहुली लिन हिँडेका एक बेहुलाले नहरमा हामफालेर आत्महत्या गरेका छन् । सयौं जन्ती अघिपछि लगाउँदै मोडल टाउनमा जन्ती लिएर हिँडेका बेहुलाले नहरमा हामफालेर आत्महत्या गरेका हुन् । भारतको पञ्जाव प्रान्तस्थित लुधियाना शहरका युवकले गाडीमा सवार उनले आफूलाई अचानक उल्टी आएको भन्दै ओर्लिएर सयौं जन्तीले हेर्दा हेर्दै नहरमा हामफालेका थिए । 

    नहरमा हामफालेका उनी क्षणभरमै डुबे अनि ज्यान पनि गयो । २४ वर्षीय मोहित शुक्रबार घरबाट अन्मिएर जन्तीसहित बेहुलीको घर हिँडेका थिए । उनको परिवारले मोहितलाई धुमधामसँग अन्माएर दुलही लिन पठाएका थिए । मोहितले हामफालेको नहरबाट बिहे हुने स्थान केबल ५ सय मिटर पर थियो । मोहितले आत्महत्या गर्नुको कारणबारे केही खुलेको छैन । 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र