• Breaking News

    5.25.2016

    उपत्यकामा सार्वजनिक यातायात बन्द, हजारौँ यात्रु अलपत्र

    १३ जेठ, काठमाडौं ।

    ट्राफिक प्रहरीले  जरिवाना बढाएको  विरोधमा यातायात व्यासाही र मजदुरहरुले काठमाडौं आज सार्वजनिक साधन बन्द गराएका छन् ।

    ट्राफिक प्रहरीले जेठ १गतेदेखि जरिवना बढाएको विरोधमा विभिन्न यातायात व्यवसायी र मजदुरहरुले उपत्यकामा सार्वजनिक सवारी साधन बन्द गरी चक्काजाम गराएका हुन् ।



    राजधानीमा आज विगतमा भन्दा कम सवारी साधन चलेको पाइन्छ । ट्राफिक जरिवाना संशोधन गर्नुपर्ने मागसहित उनीहरु उपत्यकामा चक्काजाममा उत्रिएपछि राजधानीमा सार्वजनिक यातायात सञ्चालनमा आएको छैन ।

    यसअघि जेठ २ गते जरिवाना रसिदको अवज्ञा, जेठ १० गते देशव्यापी माइकिङ र पर्चा वितरण, ११ गते बसपार्कहरुमा विरोध सभा गर्दै विरोधमा उत्रिएका उनीहरुले आज चक्काजाममा उत्रिएका हुन् ।

    विरोध स्वरुप चक्काजाम गर्नेमा नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघलगायतका संघसंस्था रहेका छन् । सार्वजनिक यातायात सुचारु नहुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र