९ जेठ
नेपाल लगायत बिश्वका बिभिन्न देशका व्यक्तिहरु अहिले भूकम्पबाट त्रसित छन् । अझ नेपालमा त ७२ साल बैशाख १२ पछिका निरन्तर कम्पनले भूकम्पका बारेमा सबैलाई त्रसित र सजग बनाएको छ । यस्तो परिस्थितिमा भूकम्प आएको पूर्व जानकारी पाउने महिलाको बारेमा सुन्दा ती महिला एकदमै भाग्यमानी महिला हुन् भन्ने ठानिन्न त ? जो दुनियाको जुनसुकै कुनामा पनि भूकम्पले हल्लाउन थालेको पहिल्यै पत्ता लगाउछिन् ।
यिनी हुन् स्पेनकी ३० वर्षीया मून रिबास । जसमा मेसिनले भन्दा छिटो भूकम्पको धक्का थाहा पाउने क्षमता छ ।स्मरणिय कुरा के हो भने यिनमा यो क्षमता जन्मजात वा इश्वरीय क्षमता चाहिँ होइन । वास्तवमा उनको हातमा एउटा यस्तो चिप्स प्रत्यारोपण गरिएको छ, जसले विश्वभरको भूकम्पको मापन गरेर जानकारी दिनसक्छ । यसलाई सेस्मिक कम्प्युटर चिप भनिन्छ ।
दुनियाका जुनसुकै ठाउँमा भूकम्प जाँन लाग्दा पनि उनको हातको उक्त चिप्समा कम्पन हुन्छ ।जुनसुकै भूकम्पको जानकारी पाउने भएकाले उनलाई सायबर्ग वुमन भनेर चिनिन्छ । हातको चिप्स मार्फत भुकम्पको जानकारी पाउने बित्तिकै उनी आफ्नो आइफोनको एपमा भूकम्पको केन्द्र तथा त्यसको तिव्रताको आँकडा खोजिहाल्छिन् ।
यी युवती पेशाले नर्तकी हुन् । यदि नाचिरहेको बेलामा भूकम्प आएमा उनले विशेष खालको अभिनय नृत्यबाटै दर्शकहरुलाई भूकम्पको जानकारी दिन्छिन् । गत वर्ष नेपालमा भूकम्प आउँदा उनी आधा रातमा उठेर बसेकी थिइन् ।यसरी आफ्नो हातको रहेको चिप्सकै कारण उनले टेलिभिजन वा रेडियोले भन्दा छिटो भूकम्पका बारेमा जानकारी प्राप्त गरी सूचना प्रवाह गर्न सक्दछिन् ।
सन्सारको जुनसुकै कुनामा भूकम्प गएपनि सबभन्दा पहिला यी महिलाले थाहा पाउँछिन्
एजेन्सी

No comments:
Post a Comment