• Breaking News

    5.23.2016

    फेसबुकमा यी महिलाको फ्रेन्ड रिक्वेस्ट आएमा तुरुन्त अनफ्रेन्ड गरिहाल्नुस्

    एजेन्सी
    ११ जेठ
    यदि तपाइको फेसबुकमा यी महिलाको फ्रेन्ड रिक्वेस्ट आएमा तुरुन्त अनफ्रेन्ड गरिहाल्नुस् । हिजोआज फेसबुकमा यो ट्रेन्ड नै बनिसकेको छ । एक अंग्रेजी वेवसाइटका अनुसार एक फेसबुक युजर पवन मघनानीले मधु साह नाम गरेकी यी महिलाको फेसकुक आइडी फेक हुन सक्ने बताउदै यिनलाई ब्लक गर्न आव्हान गरेका थिए । पवनका फेसबुकमा यी महिलाका १५० भन्दा बढी म्युचुअल फ्रेन्ड देखाएको तर सबैसँग सोधपुछ गर्दा कसैले पनि यी महिलालाई नचिनेकाले यी महिला रहस्यमय बन्न पुगेकी हुन् ।
    मधु साह नाम गरको महिलाको नामबाट थुप्रै रिक्वेस्ट आउने गरेको छ । ठेगाना मात्र फरक फरक लेखेका मधु साहका नाममा ३४ भन्दा बढी फेसबुक एकाउन्ट पाइएको छ । पवन मगानानीले नै अहिले मधु साहको फेसबुक एकाउन्ट फेक भएको भन्दै सबैलाई अनफ्रेन्ड गर्न अपिल गरिरहेका छन् । साथै पवनले यसलाई हल्का रुपमा नलिन समेत सबैमा आग्रह गरेका छन् । यी महिलाको नाममा फेसबुक एकाउन्ट खोलेर कसैले निकै बदमासी गरिरहेको अनुमान लगाइएको छ । कयौका गोप्य सूचना देखि पासवर्ड,युजरनेम, क्रेडिट कार्ड समेत चोरी भइरहको आशंका गरेपछि अहिले यो अभियान चलाइएको हो । त्यसैले यस्ता फेक अकाउन्ट देखि तपाई पनि सचेत रहनुस्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र