• Breaking News

    5.25.2016

    कसले चोर्यो काँग्रेस नेतृको कोठाबाट हीराकाे हार

    बिहीबार, १३ जेष्ठ, 
    काठमाडौं । पछिल्लो समय राजधानीमा चोरी बढेको छ ।
     हरेक दिन चार पाँचवटा चोरीका घटनाको प्रहरीमा उजुरी हुने गरेको छ । सिक्री लुट्ने समूह पनि सक्रिय भएको छ ।यसैबीच, कांग्रेस नेतृ कुमारी राईको डेरामा चोरी भएको छ । मैतीदेवी मन्दिरपछाडि बद्री श्रेष्ठको घरमा भाडामा बस्ने राईको कोठाबाट हीराको हार, मुगाको माला तथा सात हजार रुपैयाँ चोरी भएको भएको हो ।

    कोठामा कोही नभएको अवस्थामा चोरहरुले ढोका फुटाएर २ जेठमा चोरी गरेका हुन् । प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

    नेतृ राई कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य हुन् । सुनसरी घर भएको उनी हाल महासमिति सदस्य छिन् ।१३ औ महाधिवेशनमा उनी केन्द्रीय सदस्य पदमा पराजित भएकी थिइन् ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र