काठमाडौ, १२ जेठ
अविवाहित मन्त्रीलाई प्रमुख अतिथि बनाई आफू प्रायोजक रहेको संस्थाबाट आफैं सम्मानित हुने ३ वटी घोषित श्रीमतीका श्रीमान मन्त्रीकै सामु श्रीमतीबाट कुटिएका छन् । गत शनिबार राष्ट्रिय नाचघरमा राष्ट्रिय लोक सांस्कृतिक संघको व्यानरमा सफलता हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रा.लि,प्रोपाइटर गोविन्दबहादुर खड्काको प्रायोजनमा स्रस्टा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि मन्त्रिमण्डलकै एक मात्र अविवाहित सदस्य सूचना तथा सञ्चारमन्त्री शेरधन राई थिए । स्रष्टा सम्मान भने पनि २ लाख रुपियाँ लगानी गरेका जग्गा व्यवसायी गोविन्दले झुक्याएर तेस्री श्रीमती बनाएकी सीता केसी संघको संस्थापक सदस्य हुन । उनी पनि कार्यक्रममा उपस्थित थिइन् । आजको जनआस्था साप्ताहिकबाट ।
उद्घोषकले स्रष्टाका रुपमा २ लाख दिएर कार्यक्रम आयोजना गर्ने गोविन्दलाई नै प्रमुख अतिथिबाट सम्मान गरिने उद्घोष गरे । मन्त्रीले खादा ओढाई प्रमाणपत्र दिई सम्मान पनि गरे । बधाइको क्रम सुरु भयो । गोबिन्दलाई बधाइदिन दर्शकदिर्घामा झुक्याएर बसेकी सीता पनि गइन् । र रिसको आवेगमा गाला रातो हुने गरि थप्पड हानिन मन्त्रीकै अगाडि तथानाम गाली समेत गरिन् । उनलाइ गोविन्दले तीन महिना अघि विवाह गरेर अलपत्र पारेर छाडेका थिए ।
No comments:
Post a Comment