• Breaking News

    5.16.2016

    पूर्व महिला सभासद्लाई मरणाशन्न हुनेगरी कसले कुट्यो ?

    गौशाला, ४ जेठ
    महोत्तरी जिल्लाबाट एनेकपा माओवादीकी पूर्व सभासद् रहेकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।

    जिल्लाको लक्ष्मिनियाँ गााविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८÷१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले महतोलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए । घरेलु हातहतियार र लठ्ठी भाटा लिएर आएका अज्ञात व्यक्तिको कुटाइबाट सभासद्
    महतो गम्भीर घाइते भएकी छिन् भने उनको अवस्था चिन्ताजनक रहेको छ ।

    गएराति करिब १० बजेको समयमा अज्ञात व्यक्तिहरुले आफ्नै सुत्ने कोठामा बसिरहेकी महतोलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएको थिए भने अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको माओवादी नेता पिकरु पासवानले बताए ।

    सभासद् महतो हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा पुगेकी छिन् भने उनको उपचारमा संलग्न चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको नेता पासवानले बताए । सभासद् महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन भने जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस घटनाबारे केही जानकारी नभएको जनाइएको छ ।

    nepalpati.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र