गोलबजार (सिरहा), २८ असोज । मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संघीय लोकतान्त्रिक मधेसी मोर्चालाई ठूलो धक्का लागेको छ ।
मोर्चाको प्रमुख नेतृत्वकर्ता मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएपछि दुई चिरामा विभाजन भएको उक्त मोर्चाका कार्यकर्ताले धमाधम पार्टी छाड्न थालेपछि अर्काे धक्का लागेको हो ।
विहीबार मात्रै मधेसी जनतालाई धोका दिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सरकारमा गएको भन्दै सो पार्टीका सिरहा जिल्ला कार्य समितिले आज सामूुहिक राजीनामा दिएका छन् ।
अध्यक्ष रामचलित्तर साहको अध्यक्षतामा सिरहाको गोलबजारमा बसेको बैठकबाट सामूहिक राजीनामा दिने निर्णय गरेको हो । मन्त्री पाउने लोभमा मधेस र मधेसीको एजेण्डा छाडेर सरकारमा अध्यक्ष गच्छदार सहभागी भएकाले पार्टीबाट सामूहिक राजीनामा दिने निर्णय गरिएको जिल्ला अध्यक्ष साहले जानकारी दिनुुभयो ।
यस्तै सो पार्टीका केन्द्रीय सदस्यद्वय शत्रुुधनप्रसाद सिंह र लक्ष्मण यादवले समेत आजै राजीनामा दिने घोषणा गर्नुभएको छ ।
No comments:
Post a Comment