• Breaking News

    9.18.2015

    रिसाएका गच्छदारले लिए कडा रबैया, बैठक राखेर नयाँ निर्णय

    आफ्ना माग पुरा नभए सम्म संविधानसभामा नफर्किने गच्छदार मोर्चाको निर्णय


    १ असोज, काठमाडौं ।

    मधेशी जनाधिकार फोरम लोकतन्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको मोर्चाले आफ्ना माग पुरा नभए सम्म संविधान सभामा नफर्किने निर्णय गरेको छ । आज मुख्य तीन दलसँग भएको वार्ता निष्कर्षमा नपुगेपछि गच्छदारको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

    यस अघि गच्छदारको मोर्चासँग हिँजो नै सहमति हुने चर्चा थियो । तर राति हस्ताक्षर हुने भनिएको सहमतिमा गच्छदारले हस्ताक्षर गरेका थिएनन् ।

    शुक्रबार दिउसो पनि बालुवाटारमा संविधानमा संघीयताको सीमांकनबारे उल्लेख गर्ने भाषामा विवाद भएपछि सम्झौता नभइ गच्छदारको टोली फर्किएको थियो ।

    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र