• Breaking News

    9.20.2015

    दशजना मर्न वा दुई चार जाना मार्न नसक्ने हुतिहार भेंडा भन्दै बाबुरामले धम्काए पछि …

    सोमबार, ४ असोज
    काठमाडौं । संविधान जारी हुनबाट रोक्न नसकेपति निराश बनेका एमाओवादी नेता बाबुराम भट्टराईले दशजना मर्न वा दुई चार जना मार्न नसक्ने भन्दै जनजाति नेताहरुलार्य हुतिहारा र भेडाको संज्ञा दिएका छन् ।
    कुनै पनि हालतमा संविधान जारी हुनबाट रोक्न नसकिने देखेपछि देश टुक्रिने धम्की दिएका भट्टराईले गत साता आफ्नै निवासमा केही जनजाति सभासद र जनजाति अगुवालाई बोलाएर थर्काएको स्रोतको दावी छ ।
    त्यस अवसरमा बाबुरामले मँधेश र थरुहट आन्दोलनलार्य आफुले उक्साएको स्विकार गर्दै मधेशी जनताले जस्तो बलिदान गर्न जनजातिहरु डराएको बताए ।
    ‘तपाईहरु हुतिहारा भेंडा हो, एक दुई लाख आदिवासी जनजाति सडकमा उतारेर दश जना शहिद बन्न तयार नहुनेले कहिल्यै अधिकार पाउँदैनन् ’ बाबुरामको भनाई सुनेर आदिवासी जनजाति नेताहरु ट्वालल परेको एक एमाओवादी सभासद्ले बताए । आजको साँघु साप्ताहिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र