पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले मधेसी नेताको आन्दोलन विदेशी शक्तिको चलखेलमा भएको दाबी गरेको अडियो सार्वजनिक भएको छ ।
नेपालदेशडटकमले सार्वजनिक गरेको एक अडियो टेपमा नेपाली नेपालीलाई आपसमा लडाएर मार्न मधेसमा प्रदर्शन भएको उनले बताएका छन् । नेपालमा रक्तपात मच्चाउन संघीयताको विषय विदेशीको रुचिमा आएको समेत उनले बताएका छन् । पाँच विकास क्षेत्र र चौध अञ्चल सबैले मान्दै आएको र राजाले बनाएको भएर सबैले मानेको पनि उनको अडियोमा सुन्न सकिन्छ । सबै जातजाति र धर्मावलम्बी मिलेर बसेको अवस्थामा विदेशीको रुचीमा नेपालमा यस्तो अवस्था सिर्जना गरिएको उनको ठहर छ ।
मधेसी नेताको जीवनशैलीले उनीहरु तराईवासी जनताको पक्षमा नरहेको प्रष्ट हुने संकेत कट्वालले गरेका छन् । उनले भनेका छन्, ‘मधेसी नेता कहाँ बस्छन्, कहाँ खान्छन्, छोराछोरी कहाँ पढाउँछन् ? तिनको घर कहाँ छ ? तिनीहरुको स्वार्थ कहाँ छ ? के तिनीहरु तराईमा बस्छन् ? तराईका जनताको कुरा लिएर तिनीहरु कराउने ?
तराईका नेताले कहिले नागरिकता लिए र उनीहरुले केके गतिविधि गर्छन् भन्ने कुराको खोजबिन हुनुपर्ने तर्क उनले गरेका छन् । मधेसी नेता मधेसमा नबस्ने गरेको र उनीहरुको सुखदुःखमा सहभागी नभएका नेताले मधेसको अधिकारको कुरा गर्नु व्यर्थ भएको कटवालको भनाइमा बुझिन्छ ।
-nepalese.org
sahi kuro
ReplyDelete