२९ भाद्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाममा खोलिएको नक्कली फेसबुकले लैनचौर स्थित भारतीय दुतावासमा खैलाबैला मच्चिएको छ । केही दिनयता केपी ओलीको नक्कली फेसबुकबाट नेपाल र भारतको सम्बन्धमै खलल पुग्ने गरी आपत्तीजनक सामग्रीहरु पोष्ट भएपछि भारतीय दुतावासमा खैलाबैला मच्चिएको हो ।ओलीका नाममा खोलिएको नक्कली फेसबुकबाट भारतीय राजदुत रंजित रायसँग भएको भेटलाई कुटनीतिक मर्यादाभन्दा बाहिर गएर सामग्री पोष्ट गरिएको छ । उक्त पोष्ट हेरेपछि भारतीय दुतावास पनि अलफलमा परेको थियो । ‘भारतीय राजदुत रञ्जित रे भारतीय राजदुत मात्र हुन् । तसर्थ हाम्रा आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार र हैसियत उनलाई छैन’ ओलीको नक्कली फेसबुकमा लेखिएको छ ‘हामी नेपाली जनताका लागि संविधान निर्माण गर्न गइरहेका छौ, भारत र अन्य राष्टका लागि होइन । तसर्थ हाम्रा जनतालाई अधिकार सम्पन्न बनाउने अभिभारा हाम्रो हो, अन्य राष्टको होइन । छिमेकी तथा अन्य राष्टले सल्लाह सुझाव दिने हो तर यसो गर उसो गर भन्नेर आदेश दिने होइन ।’

दुई देशबीचको सम्बन्धमै खलल पुग्ने सामग्री नक्कली फेसबुकबाट पोष्ट भएपछि ओलीको निजि सचिवालयले नक्कली फेसबुकबाट अनावश्यक सामग्री पोष्ट भएको जनाएको छ ।
निजि सचिवालयले नक्कली आइडी खोली ओलीबिरुद्ध षड्यन्त्र सुरु भएको बताएको छ । सवैलाई सर्तक रहन आग्रह गर्दै सचिवालयले भ्रम फैलाउनेलाई कारवाही गर्न सरकारसँग आग्रह पनि गरेको छ ।
ओलीका नाममा धेरै नक्कली आइडी खोलिएका छन् । नेपाल भारतबीचको सम्बन्धलाई खलल पुरयाउन खोज्नेले नक्कल आइडी प्रयोग गरेको आशंका ओलीको निजीसचिवालयले गरेको छ । ‘नक्कली आइडी खोलेर भ्रमपूर्ण प्रचार भइरहेको छ,’ ओलीको सचिवालयले भन्यो ‘यो दुई देशबीचको सम्बन्ध बिगार्न खोज्ने तत्वहरुको षड्यन्त्र हो ।’
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment