एजेन्सी–भारतको गुजरातको एक गुरुकूलमा शिष्यमाथि गुरुले यौन दुरुपयोग गरेको खवर सार्वजनिक भएको छ । गुरुकूलमा स्वामीले एक शिष्यलाई आफ्नो कामवासनाको शिकार बनाउन विभिन्न कुकर्महरु गर्ने गरेका थिए । उनले ती शिष्यलाई महिलाको कपडा पहिरन बाध्य बनाउने गरेका थिए ।
पीडितका बुबाले यसका विरुद्धमा खेडा प्रहरी चौकीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो ।
खबरमा आएअनुसार गुजरातको हरियाला गाउँस्थिित नारायण सम्प्रदायको गुरुकुलमा यो घटना घटेको हो । पीडित छात्रले कक्षा १० मा अध्यनरत रहेको बताइएको छ । यही अगस्ट ३ गते स्वामीले छात्रलाई गुरुकुलको तीन नम्बर कोठामा बोलाएर उनलाई केटीका लुगा लगाउन लगाएर अश्लील हरकत गरेको ती छात्रले बताएका छन् ।
केही समय ती छात्रले केही समय कसैलाई यो घटनाको बारेमा नबताएको र स्वामीले यस खालको हरकत निरन्तर गर्न थालेकाले उनले आफ्नो परिवारलाई बताएका थिए ।
पीडिका बाबुले प्रहरीमा उजुरी दिए पछि आतम नामका ती स्वामी आश्रमबाट फरार भएका छन् । गुरुकुलका अर्का स्वामी ऋषिकेशले यो सबै गलत भएको र ती स्वामी २० वर्षदेखि आश्रममा रहेको बताएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment