• Breaking News

    9.13.2015

    मोबाइलको ब्याट्री पड्कँदा २ बालकको मृत्यु

    २०७२ भाद्र २७ आईतवार

    कालिकोट : मोबाइल फोन चार्ज गर्ने क्रममा कालिकोटमा दुर्इजना बालकको ज्यान गएको छ ।

    मोबाइल चार्ज गर्ने क्रममा ब्याट्री पड्कँदा जिल्लाको मेहलमुडी-२ जोगीबारा निवासी पदमनाथ योगीका छोरा १४ वर्षीय चनेसनाथ योगी र सोही ठाउँ बस्ने हरिनाथ योगीका छोरा १३ वर्षीय माननाथ योगीको शनिबार घटनास्थलमै मृत्यु भएको हो ।

    स्थानीयबासीले शुरुमा मेहलमुडी–२ जोगीमारामा सकेट बमजस्तो देखिने बस्तु बिष्फोट हुँदा २ बालकको मृत्यु भएको खबर प्रहरीलार्इ दिएका थिए ।

    खवर प्राप्त भएपछि गएको प्रहरीले बुझ्दा पदमनाथ योगीको घरमा अन्य मानिस नभएको अवस्थामा १२ भोल्टको ब्याट्रीमा मोवाइल चार्ज गर्दा ती बालकको ज्यान गएको पत्ता लागेको हो ।

    घटनाबारे जिल्ला प्रहरी कार्यालय कालिकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र