• Breaking News

    9.15.2015

    संविधान जारी हुने दिन विप्लव माओवादीद्वारा नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

     काठमाण्डु, २९ भदौ– नेकपा माओवादीले संविधानसभाले असोज ३ गते संविधानको घोषणा गर्ने दिन पारेर नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।
    ‘कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ००७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेन्डा, त्यसका निम्ति हजारौं सहिदहरुले बगाएको रगत, बेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौँ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहनाको ठीक विपरीत छ’ प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
    विज्ञप्तिको अगाडि भनिएको छ, ‘यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ ।’
    आन्दोलनरत पक्षको कुराको सुनुवाइ नगरी जबरजस्त संविधान घोषणा गर्ने कार्यले राज्यको अग्रगामी पुनर्संरचना गर्न नसक्ने भन्दै उसले माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, बृहत शान्ति सम्झौंता र माओवादी र संसदवादी शक्तिबीचको सहकार्य समाप्त भएको बताएको छ ।
    यस्तो छ प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डद्वारा जारी विज्ञप्ति

    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    1 comment:

    1. superfast to declear 'Banda', the most irresponsible (Maoist?) gut (not a parti) of Nepal.

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र