• Breaking News

    9.07.2015

    गृहमन्त्रीको ताल देखेरे प्रहरी अधिकारीहरु आश्चर्यमा

    काठमाडौं, २२ भदौ ।
    उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम देशको शान्ति सुरक्षाको अवस्थाबारे कतिसम्म नतमस्तक छन् भन्ने कुरा आइतबार संसदमा देखियो । संसदमा उनले एउटा यस्तो झूट बोले जसले सुरक्षाकर्मीहरु आश्चर्यमा परेका छन् ।
    संसदमा गृहमन्त्री गौतमले संघीयतामा सीमांकनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यू भएको बताएका थिए । तर, आन्दोलनमा ९ जना मात्र सुरक्षाकर्मीको मृत्यू भएको छ ।
    गृहमन्त्रीले १० जनाको मृत्यू भएको भन्दै संख्या बढाए । नेपाल प्रहरीतर्फ ७ जना तथा सशस्त्र प्रहरीतर्फ २ जनाको मृत्यू भएको छ । तर गृहमन्त्रीले १० जनाको मृत्यू भएको भन्दै गलत विवरण बुझाएपछि प्रहरी अधिकारीहरु नै गृहमन्त्रीको ताल देखेरे आश्चर्यमा परेका छन् ।
    ‘गृहमन्त्रीलाई यति सामान्य कुरा पनि याद नहुनु उदेकलाग्दो कुरा हो,’ एक प्रहरी अधिकारीले भने ।
    हुन त गृहमन्त्री गौतमले मन्त्रालयले दिएको विरणका आधारमा उक्त लिखित रिपोर्ट संसदमा बोलेर सुनाएका थिए । तर त्यस्तो गम्भीर विषयमा पनि गलत रिपोर्ट दिनेहरुलाई गृहमन्त्री गोतमले छानबिन गरेर कारबाही गर्नु जरुरी छ । दृष्टि साप्ताहिकमा खबर छ ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र