काठमाडौं, २८ भदौ । नेपाललाई हिन्दू राष्ट्र कायम गरियोस् भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रस्तुत गरेको संसोधन प्रस्ताव संविधानसभाबाट अस्वीकृत भएको छ । संविधानसभाको सोमबारको बैठकको ध्वनी मतले प्रस्ताव अस्वीकृत गरिदिएको हो ।
प्रस्तावक कमल थापाले प्रस्ताव फिर्ता नलिने जानकारि गराएका थिए । त्यसक्रममा बहुमत सदस्यले हुन्न भन्ने पक्षमा आफ्नो मत व्यक्त गरे । सभाध्यक्षले प्रस्ताव अस्वीकृत भएको घोषणा गर्ने वित्तिकै राप्रपा नेपालका सभासद्हरुले उठेर विरोध जनाए ।
त्यसपछि सभामुखले कमल थापालाई बोल्ने मौका दिए । त्यसक्रममा बोल्दै थापाले आफ्नो प्रस्तावमा मत विभाजन गर्न माग गरे ।
सभामुखले मत विभाजनको पक्षमा हुने सभासद्हरुलाई उभिन आग्रह गरे । उभिने सभासद्को संख्या जम्मा २१ थियो । संविधानसभाको नियमावली अनुसार १० प्रतिशत नपुगेपछि मत विभाजन हुन सकेन ।
कम्तिमा ६१ जना सभासदले उभिएर मत विभाजनको माग गरेको भए यस विषयमा मत विभाजन हुनसक्थ्यो । तर १० प्रतिशत संख्या पनि पुग्न नसकेपछि ध्वनी बहुमतले नै प्रस्ताव अस्वीकृत भयो ।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment