• Breaking News

    9.21.2015

    कपिल शर्माको फिल्मबिरुद्ध मुम्बई उच्च अदालतमा उजुरी

    एजेन्सी, मुम्बई, असोज ४
    कमेडियन कपिल शर्माको डेब्यु फिल्म ‘किस किसको प्यार करुँ’ बिरुद्ध मुम्बई उच्च अदालतमा उजुरी परेको छ । गत वर्ष रिलिज भएको कन्नड फिल्म ‘निम्बे हुली’ सँग फिल्मको कथा मिल्ने भएकाले तामिलनाडुको एक फिल्म निर्माण कम्पनिले उजुरी दर्ता गराएको हो ।

    तीन श्रीमती लिएर एकै अपार्टमेन्टमा बस्ने व्यक्तिको कथा निम्बे हुलीसँग मिल्ने र सो कन्नड फिल्मको हिन्दी रिमेक बनाउने अधिकार पनि सोही निर्मातासँग भएकाले फिल्मबिरुद्ध उजुरी परेको हो । उजुरी परेपछि उच्च अदालतले किस किसको प्यार करुँको निर्माण पक्षलाई स्पष्टिकरणका लागि निवेदन पनि पठाइसकेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र