सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गर्दै थापाले धर्म निरपेक्षता कायम रहनु दुर्भाग्यपूर्ण रहेको दावी गरे ।
उनले फेसबुकमा लेखेका छन्, ‘संविधानमा हिन्दूराष्ट्रको पहिचान समाप्त गरि धर्म निरपेक्ष कायम गर्ने संविधानसभाको निर्णय दुर्भाग्यपूर्ण छ । नेपाली जनताको भावनामाथि कुठाराघात भयो ।’
साथै उनले आफूहरुलाई कसैले साथ नदिएको भन्दै दु:ख पनि व्यक्त गरेका छन् । आजै आफ्नो प्रस्ताव अस्वीकृत भएपछि थापाले फेसबुकमा लेखेका छन्, ‘आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरु ! संविधानमा हिन्दूराष्ट्र कायम गर्न हामी असफल भयौं । हामी एक्लो भयौँ । अखण्ड पार्टीबाहेक कसैले साथ दिएनन्, दु:खी छौं ।
थापाले विदेशीको दवावमा काँग्रेस, एमाले र एमाओवादीले हिन्दू राष्ट्रको पहिचान समाप्त पारेको आरोप लगाएका छन् । उनले अर्को स्टाटसमा लेखेका छन्, ‘करौडौं नेपालीहरुको चाहनाविपरित विदेशीको दवावमा गणितिय आधारमा फेरि पनि हिन्दू राष्ट्रको पहिचान समाप्त पार्ने काममा कांग्रेस, एमाले र एमाओवादी एकभए ।’
थापाको प्रस्ताव संविधानसभाको दुई तिहाईको ध्वनी मतले अस्वीकृत गरिदिएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment