जातीय द्धन्द भड्काउने अभिव्यक्ति दिदै आएका शेर्पाको गतिविधीलाई प्रहरीले केहि दिनदेखि निगरानीमा राखेको थियो। उनले पछिल्लो समयमा शेर्पा वाहुल क्षेत्रमा आन्दोलन चर्काउने र जातीय द्धन्द बढाउने गतिविधी गर्ने तयारीमा रहेको प्रहरीको बुझाइ थियो।
आङकाजी शेर्पा शेर्पा वाहुल क्षेत्रमा आन्दोलन चर्काउने तयारीका क्रममा एक वैठकमा थिए। विहान ११ वजेदेखि बसेको वैठक दुई वजेसकिएको थियो। वैठक सकेर मोटरसाइकलमा हिड्न लागेका शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर टेकु लगेको छ।
वैठकमा जातीय संघीयताका पक्षधर केहि शेर्पा अगुवाहरु थिए। सो वैठकमा शेर्पाले राखेको अभिव्यक्ति र बनाइएको योजना जातीय हिंसा बढाउने खालको भएको निष्कर्षपछि उनलाई पक्राउ गरेको प्रहरी स्रोतको भनाइ छ। उनलाई सादा पोशाकका प्रहरीले दुईतिर च्याप्प समातेर गाडीमा हालेर लगेका थिए।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment