काठमाडौं, २८ भदौ । एमाओवादी शीर्ष नेताहरुले पार्टीका सभासद् प्रभु शाहलाई उनको माग पूरा गर्न नसकिने भन्दै संविधान निर्माण निर्माणमा प्रक्रियामा सहभागी हुन निर्देशन दिएका छन् ।
नेपालबाट अलग्गिने अधिकारसहितको स्वायत्त मधेस प्रदेशको माग पूरा नभए संविधान निर्माण प्रक्रियाबाट अलग्गिने घोषणा गरेका पार्टी सभासद् प्रभु शाहलाई सोमबार बोलाएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रक्रियामा सहभागी हुन भनेका हुन् । तर, शाहले आफ्नो माग पूरा नभएसम्म प्रक्रियामा सहभागी नहुने अडान दोहोर्याए ।
सो अवसरमा प्रचण्डले कुनै पनि हालतमा देशमा विखण्डन आउने माग पूरा गर्न सकिँदैन भनेको स्रोतले बतायो ।
‘तपाईंजस्तो बुझेको मान्छेले देश टुक्र्याउने माग राख्न सुहाउँदैन,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधान जारी हुने बेलामा मुलुकलाई विखण्डनमा लैजाने गतिविधि गर्न मिल्दैन ।’
मुलुकका विभिन्न स्थानमा हिंसात्मक घटना जारी रहेका बेला मधेसलाई अलग हुने अधिकारले सामाजिक विखण्डन फैलने भन्दै प्रचण्डले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्ने काम नगर्न सम्झाएका थिए ।
तर, साह भने आफ्नो माग पूरा नभए प्रक्रियामा नफर्किने चेतावनीसहित जंगिएर बाहिरिएको स्रोतको दावी छ ।
एमाओवादी अध्यक्ष देशलाई अस्थिरतामा राख्ने र मधेसलाई टुक्र्याउने खेल हुन लागेको भन्दै जुनसुकै हालतमा संविधान जारी गरेर राष्ट्र बचाउनु पर्ने अडानमा छन् । सोही कारण प्रचण्डले जुनसुकै हालतमा आईतबारबाटै मतदान सुरु गर्नु पर्ने अडान लिएका थिए ।
प्रधानमन्त्रीले प्रक्रिया केही दिन रोक्ने मनसायले बालुवाटार बोलाएपनि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले जुनसुकै हालतमा आईतबारबाटै मतदान प्रक्रिया सुरु गर्नुपर्ने अडान लिएका थिए । सोही कारण आइतबारबाटै मतदान प्रक्रिया सुरु भयो ।
नयाँ संविधान आगामी असोज ३ गते साँझ जारी गर्ने कार्यतालिका समेत बनिसकेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment