रक्त सञ्चारमाः नरिवलको पानीले मानिसमा हुने रक्तसञ्चारलाई नियमित बनाउन सहयोग गर्छ । शरिरमा हुने रक्त सञ्चारलाई निर्वाध रूपले हुन दिनका लागि नरिवलको पानी फाइदाकारी हुने गर्छ । यसले सुगरको मात्रालाई समेत नियन्त्रण गर्न मद्धत गर्छ ।
तौल घटाउनः नरिवलको पानीको नियमित प्रयोगले शरिरको तौल घटाउन समेत मद्धत गर्छ । यदी नरिवलको पानी पिउने बानी नियमित रूपमा बसाल्न सके मोटोपनको समस्याबाट छुटकारा पाउन सहज हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बृद्धीका लागिः नरिवलको पानीमा हुने पौष्टिक तत्व र भिटामिनहरू (राइबोफ्लोबिन, नियासिन, थाईमिन)ले रो
ग प्रतिरोधात्मक क्षमता बृद्धीमा फाईदा पुर्याउँछ ।
गर्भवती महिलालाईः नरिवलको पानी कब्जियत, मुटुको समस्या र पाचन प्रणालीमा हुने समस्या निराकरणका लागि प्रयोग गर्न सकिने हुनाले यसको प्रयोगले गर्भवति महिलाहरूमा हुन सक्ने समस्याबाट छुटकारा पाउन मद्धत गर्छ ।
मृगौलाको काम क्षमता बृद्धीः यसमा पाइने मिनेरल्स, पोटासियम र म्याग्नेसियमका कारण मृगौलामा हुने समस्यालाई केही हदसम्म कम गर्न मद्धत गर्छ । यसले पिसाबको उत्पादन र निस्कासनमा समेत फाइदा पुर्याउँछ ।
छालाका लागिः यदी अनुहार या शरिरको अन्य भागमा डन्डिफोर छ भने नरिवलको पानी लगाएर रातभर छाड्ने गरे फाइदा गर्छ । यसले हात तथा नङ्गलाई समेत फाइदा पुर्याउँछ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment