काठमाण्डु, १९ भदौ– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई सम्मान गरेका छन् ।
दुर्गाप्रसाद भट्टराई प्रतिष्ठानले शनिबार शान्तिनगरमा गरेको कार्यक्रममा मन्त्री पण्डितले खनाललाई सम्मान गरेका हुन् । त्यस क्रममा मन्त्री पण्डितले गुण्डा नाइके कुमार घैंटेलाई इन्काउण्टरमा मारेर प्रहरीले राम्रो काम गरेको बताए ।
‘अपराध र राजनीतिलाई जोड्न मिल्दैन’, पण्डितले भने, ‘कुमार घैंटेजस्ता समाजमा रहेका अरु घैंटा पनि फुटाउन आवश्यक छ ।’घैंटे प्रकरणमा प्रहरीले सही काम गरेको भन्दै पण्डितले अपराध निर्मुल पार्ने प्रहरी अभियानमा आफ्नो सदैव साथ र समर्थन रहने उल्लेख गरे ।
राजधानीमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गरेको भन्दै एसएसपी खनाललाई सम्मान गरिएको हो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment