• Breaking News

    9.06.2015

    शिक्षामन्त्रीको नाममा यतिधेरै सम्पत्ति ?

    काठमाडौँ २१ भदौ । शिक्षमन्त्री चित्रलेखा यादव र उनका परिवारका नाममा करोडौँ मूल्यबराबरको सम्पत्ति विवरण रहेको खुलेको छ । शिक्षा मन्त्रालय अन्तर्गतका हरेक नियुक्ति र सरुवामा आर्थिक लेनदेन गरेको मामलामा विवादमा तानिने गरेकी मन्त्री यादवको सम्पत्ति विवरणले थप पुष्टि गरेको छ ।



    मन्त्री यादवले प्रधानमन्त्रीको कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा आफ्नो नाममा सिरहा र ललितपुरमा एउटा घर, छोराका नाममा ललितपुरमा एउटा घर र पति डा. श्रीकृष्ण यादवको नाममा ललितपुरमा दुई वटा र सिरहामा एउटा घर भएको उल्लेख गरिएको छ । तर ती दूइवटा घर कतिमा बनाइएका थिए भन्ने खुलाइएको छैन ।

    छोराको नाममा रहेको घर आफै बनाएको विवरण दिएको छ । उनले सिरहाको घर ७ लाख ७७ हजार, ललितपुरको घर २७ लाख, ललितपुरको अर्को घर ४७ लाखमा खरिद गरेको जनाएकी छिन् ।

    यसैगरि, ललितपुर, सिरहा, लहान गरी १३ स्थानमा जग्गा भएको विवरण दिएकी छिन् । ललितपुरको सैंबु गाविसमा सात रोपनी ६ आना दुई पैसा जग्गा भएको तर त्यसमध्ये एउटा कित्ता छोरा अभिनयकुमार यादवलाई बकसपत्र गरिदिएकी बताएकी छिन् ।

    उनीसँग १७ लाख रुपैँया पर्ने स्वीफ्ट कार र एक लाख ६३ हजार पर्ने साइन् मोटरसाइकल पनि रहेको उल्लेख छ । उनीसँग एभरेष्ट बैँकमा पाँचहजार पाँच सय बराबरको ११० कित्तँ शेयर, रिलायन्स फाइनान्समा १५ लाख बराबरको १५ हजार कित्तँ शेयर र भुवनेश्वरी फाइनान्समा ४५ लाख ३९ हजार रुपैया बराबरको ४ हजार ५३९ कित्ता शेयर रहेको जानकारी प्रधानमन्त्रीको कार्यालयलाई दिएकी छिन् । साँघु साप्ताहिक

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र