• Breaking News

    9.12.2015

    सेना फिर्ता गर भनेपछि गृहमन्त्री गौतमले एमाओवादी सभासदलाई यसरी हप्काए

    काठमाडौं, २७ भदौ । तराई मधेसबाट प्रतिनिधित्व गर्ने एमाओवादीका सभासदहरुले मधेसमा भैरहेको आन्दोलनमा राज्यपक्षबाट दमन भैरहेको भन्दै गृहमन्त्री वामदेव गौतमको ध्यानाकर्षण गराएका छन् ।
    प्रमुख सचेतक गिरिराजमणी पोख्रेल, प्रभु साह लगायतका सभासदहरुले आइतबार गृहमन्त्रीलाई भेटेर तराईको जनजीवन सामान्य बनाउन सरकार अधिकतम लचक हुनुपर्ने भन्दै सेना फिर्ता लिन, कर्फ्यू हटाउन र सम्वादबाटै समाधान खोज्न आग्रह गरेका हुन् ।
    सेना फिर्ता लिने र कर्फ्यू हटाउने विषयमा प्रवेश भएसँगै गृहमन्त्री गौतमले एमाओवादी सभासद्को टीमलाई हप्काएका छन् । मधेस आन्दोलन राजनीतिक नभएको भन्दै आन्दोलनका नाममा आतंक मच्चाउने काम भइरहेकाले सेना कुनै हालतमा नफर्किने जवाफ दिएका थिए ।
    भेटमा गृहमन्त्रीले कैलालीको टीकापृुर, महोत्तरी लगायतका जिल्लामा भएको हिंसात्मक घटना राजनीतिक आन्दोलन हुनै नसक्ने जिकिर गरेका थिए । ‘म कर्फ्यू हटाउँछु, सेना फिर्ता लिन्छु तर मधेसमा भएको सबै घटनाको जिम्मेवारी तपाईंहरु लिनुहुन्छ ?’ गृहमन्त्री एमाओवादी सभासद्लाई प्रश्न गरे ।
    एमाओवादी सभासदहरुको भेटमा गृहमन्त्री गौतम एकदमै आक्रमक रुपमा प्रस्तुत भएका थिए । मधेस आन्दोलन हिंस्रक भएको भन्दै अहिले अवस्था सेना परिचालन फिर्ता गर्दाको परिणाम सोच्न पनि गृहमन्त्रीले सुझाव दिएका छन् । गृहमन्त्री गौतमसँगको भेटमा एमाओवादी सभासदहरुले मधेस आन्दोलनले सरकार र मधेसबीचको दुरी झन् बढाउने चिन्ता व्यक्त गरेका छन् ।


    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    2 comments:

    1. bame ko mother randi thiyo ki kya ho.....ahile sam madhesh ko andolan bughn skya xaen aaj anolan ko 30 din vaesakyo

      ReplyDelete
    2. chup mug ray dhoti mc aatankakaari

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र