जिल्ला अदालत काठमाडांैबाट ४ दिनको म्याद लिई शेर्पामाथी अनुसन्धान सुरु गरेको परिसरका डिएसपी दिनेश आर्चयले बताएका छन् ।
समाजिक सञ्जाल फेसबुक र ट्वीटरको दुरुप्रयोग गर्दै शेरपाले सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै महाशाखाले उनलाई पक्राउ गरेको हो । महाशाखाबाट खटिएकोे टोलीले शेर्पालाई बुधवार दिउसो बौंद्धबाट नियन्त्रणमा लिएको थियो ।
शेर्पा पक्राउ पछि समाजीक सञ्जाल फेसबुकबाट सर्बसाधारणले प्रहरीको आलोचना भन्दा सय गुणा बढी प्रसंशा गरेका छन् ।
यस्तै उनले उनकोे फेसबुक वालमा शेर्पालाई बिना शर्त नछाडे छानी छानी गोली हान्ने धम्कीसमेत दिएका छन् ।
टीकापुर घटनालाई लिएर आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गर्दै प्रहरीलाई अनावश्यक लान्छना लगाउँदै आएका थिए । बिद्युतिय उपकरणको दुरुप्रयोग गरी कसैलाई गाली गलैज गर्नलाई साईबर क्राइम अन्र्तरगत मुद्दा चलाउने कानूनी प्राबधान रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment