१६ भदौ,तुलसीपुर ।
थरुहट र थारुवान ,मधेसी समुदायले बन्द गरेको तराईका २२ जिल्लामा फेरी आाजदेखि बन्द थप गरीएको छ । साउन २७ गते बाट थरुहट र थारुवान समुदायले गर्दै आएको बन्द अब भदौ ३१ गतेसम्म लम्विएको थारू नेताहरुले जनाएका छन ।
थारू कल्यानकारिणी सभाका जिल्ला अध्यक्ष तेजमान चौधरीले केन्द्रबाट पनि जिल्लाको हकमा आँफै निर्णय गर्नुहोस् भन्ने निर्देशन आएकोले आफूहरूले दाङको हकमा आमहड्ताल नगरी विरोधका कार्यक्रम मात्रै गर्ने सोच बनाएको जानकरी दिएका छन । दाङमा अन्य जिल्ला जस्तो समस्या नदेखिएको भएपनि जिल्ला परिचालित सेना व्यारेकमा फिर्ता हुनुपर्ने र शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने गरी प्रशासनसँग छलफल भइरहेको बताए।
उनले राज्यले थारुहरुको माग सम्वोधन नगरेकोले आम हड्ताल फिर्ता भएपनि विरोध प्रदर्शनका कार्यक्रम भने भइरहने जानकारी दिएका छन । अब कसरी अगाडि कसरी बढ्ने भन्ने बारेमा आज बिहान ११ बजेपछि तुलसीपुरमा छलफल सुरु हुने उनले बताए ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment