• Breaking News

    9.12.2015

    पहरी चौकी जलाउन खोज्ने तमलोपाका सभासद जंगीलाल राय सर्लाहीमा पक्राउ

    सर्लाही ।
    सर्लाहीको कविलासी प्रहरी चौकी तोडफोड गर्न गएका तमलोपा सभासद्सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी चौकीमा तोडफोड गरेर आगजनी गर्न खोज्दा सभासद् जंगिलाल राय, तमलोपाका विनय कर्ण, अनिश साथी र विजय रायलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार खडकाले बताए।

    असाइको कमाण्डमा ६ जना मात्र प्रहरी रहेको कविलासी प्रहरी चौकीमा शनिबार ४ बजे मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरी तोडफोड गर्दै आगजनीको प्रयास गरेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरीएको प्रहरीले जनाएको छ। अवस्था बिग्रिन नदिन जिल्ला प्रहरी कार्यालय सर्लाही, नजिकका प्रहरी इकाइ, सशस्त्र सीमा सुरक्षा कार्यालय कविलासीबाट सशस्त्र प्रहरी घटना स्थलमा पुगेको छ।
    मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दको क्रममा सर्लाहीमा शुक्रबारदेखि आन्दोलन हिंस्रक बन्न थालेको छ। शुक्रबार सर्लाहीको हरिपुर्वास्थित अस्थायी प्रहरी पोष्टमा तोडफोड गरी आगजनी गरेका थिए। प्रहरी पोष्टमा आगनि भएपछि हरिपुर्वाका प्रहरी पोष्टलाई मोहनपुर प्रहरी चौकीमा गाभिएको छ।


    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र