• Breaking News

    9.20.2015

    भारतीय मिडियाले लेख्यो, ‘नेपालको संविधानमा दिल्लीको चासो काठमाण्डुले लत्यायो’

    काठमाण्डु, ३ असोज– ‘नेपाल आफ्नो नयाँ संविधान जारी गर्न खोज्दै छ । यो उत्सवलाई रौनकता दिन नेपालमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिइएको छ । संविधानसभाका सबैजसो सदस्यहरुले नयाँ संविधानमा हस्ताक्षर गरेका छन् ।
    भारतले अन्तिम मिनेटमा संविधानमा मधेसी र थारुको माग सुनवाई गरियोस भन्ने अपील नेपालले अस्वीकार गरेको छ । केही मधेसी र थारुहरुले यो संविधानमा हस्ताक्षर गरेका छैनन् । विदेश मामिला सल्लाहकार दिनेश भट्टराईका अनुसार सबैको सम्मती होस भन्ने भारतीय चासोलाई नेपालले स्वीकार गरेकै हो । तर नेपालले आठ वर्षको मेहनतपछि संविधान निर्माण गर्न लागेको छ । यो नेपालको आन्तरिक मामिला हो ।
    भारतीय प्रधानमन्त्रीको सन्देश लिएर काठमाण्ड पुगेका विदेश सचिव एस. जयशंकरले दुई दिन नेपालका राजनीतिक दलका नेता र प्रधानमन्त्री, राष्ट्रपतिलाई पनि भेटे । र उनले संविधान जारी गर्नु अघि सहमतिको पूरै प्रयास गर्न भने । जयशंकरले मधेसी र थारुका माग पूरा गर्ने प्रतिबद्धता जनाउन र संविधान जारी गर्ने उत्सव रोक्न आग्रह गरे । तर उनले फर्कने बेलामा नेपालको संविधान निर्माणमा भारतको दृढ समर्थन छ भने ।’
    भारतको चल्तीको पत्रिका द हिन्दुको अनलाईन संस्करणमा यो खबर सुहासिनी हैदरले लेखेकी छिन् ।

    भिडियोको लागि तल क्लिक गर्नुहोस्

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र