• Breaking News

    9.09.2015

    एसएसपी हत्या अभियोगमा थारु आन्दोलनका कमाण्डर लक्ष्मण थारु कैलाली चलान

    बुटवल, २३ भदौ । रुपन्देही प्रहरीद्वारा प्रक्राउ गरिएका थरुहट सङ्घर्ष समितिका केन्द्रीय सल्लाहकार तथा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य लक्ष्मण थारुलाई आजै कैलाली चलान गरिएको छ ।
    यही भदौ ७ गते नेपाल प्रहरीका एकजना वरिष्ठ प्रहरी उपरीक्षक (एएसएसपी)सहित नौजनाको ज्यान जाने गरी घटाइएको टीकापुर घटनामा संलग्न भएको आरोप लागेका थारुलाई प्रहरीले आज बिहान सिद्धार्थनगर–८ बाट पक्राउ गरेको थियो ।
    कैलाली प्रहरीको अनुरोधमा भैरहवामा रहेका थारुलाई आज पक्राउ गरी कैलाली पठाइएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिनुभयो ।
    नेता थारु केही दिनदेखि रुपन्देहीका विभिन्न क्षेत्रमा विभिन्न विरोध कार्यक्रममा सहभागी हुँदै आउनुभएको थियो ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र