काठमाडौं, २१ भदौ । संविधान निर्माणमा चुलिइरहको संकटले एमाओवादीलाई पारेको अप्ठेरोलाई एमाओवादी वरिष्ठ नेता तथा संवाद समितिका सभापति डा.बाबुराम भट्टराईले रमाइलो उखानसँग तुलना गरेका छन् । उनले आइतबार साँझ आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘जेठी भन्छे पानी, कान्छी भन्छे घाम, म एक्लो बुढो कतातिर जाम् ! सानैमान गाउँतरि सुनेको यो उखान अहिले एमाओवादीकालागि चरितार्थ भइरहेको छ ।’
‘एकातिर त्यति ठूलो संघर्ष गरेर ल्याएको संविधानसभाबाट संविधान नै नबन्ने डर छ । देश पुनः प्रतिगमनतिर फर्केर पुनः प्रतिगमनतिर फर्केर प्राप्त उपलब्धि पनि गुम्ने डर,’ उनले भनेका छन्, ‘अर्कोतिर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका अधिकार सुनिश्चित नभएको संविधानले देशमा अर्को द्वन्द्वको बीउ रोप्ने र पूरै देश÷समाज विखण्डन, अशान्ति, अस्थीरताको लामो दुश्चक्रममा फस्ने डर ।’
नेता भट्टराईले स्थिति जटिल बन्दै गएकोले सबैले साझा बिन्दू पहिल्याएर तत्काल संविधान जारी गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘यो जटील स्थितमा हामीले न्यूनतम साझा विन्दू पहिल्याएर तत्काल संविधान जारी गर्ने र अन्य कुरा निम्ति दवावरसंघर्ष जारी राख्ने जुन नीति लिएकाछौं त्यसलाई ‘दोधारे’ भनेर दुवै पक्षले आरोप लगाएको पाइएकोछ ।’
उनले आफूलाई केन्द्रित गर्दै कुनै वृत्तबाट नियोजित अभियान नै चलाइएको आरोप लगाउँदै लेखेका छन्, ‘विशेषतस् ममाथि पछिल्ला दिनमा कुनै वृत्तबाट नियोजित अभियानै चलाइएको पनि देखिएकोछ । यसलाई मैले एउटा राजनीतिकरसामाजिक अभियन्ताले स्वाभाविक रुपमा पाउने bouquet & brick-bats (पुष्पगुच्छा र इँटावर्षा) को पुरस्कार सम्झेकोछु ।’
नेता भट्टराईले अन्ततः सवाल देश र जनताकै हितको भन्दै ‘तत्काल सरकारमा रहेका दलहरुले शासक वर्गीय/जातिय अहंकार/दम्भ त्यागेर आन्दोलनकारी शक्तिहरुसग वार्ता गर्ने र समस्याको राजनीतिक समाधान खोज्ने काम गर्नुपर्ने’ आवश्यकतामाथि जोड दिएका छन् ।
नेता भट्टराईले कांग्रेस, एमाले र एमाओवादी सबै हिजोका आन्दोलनकारी शक्ति भएको नभुल्न अनुरोध समेत गरेका छन् । नेता भट्टराईले सरकारले तराई मधेसमा आन्दोलन दबाउन लागेकोतर्फ असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, ‘
संविधानसभाबाट संविधान जारी गर्ने जस्तो युगान्तकारी काम कर्फ्यु र सुरक्षाकर्मीको घेराभित्रबाट गर्नु शोभनीय र उपयुक्त हुँदैन ।’
उनले सरकारले तत्काल तनाव शिथिलीकरणको पहल गर्नुपर्नेमा जोड दिएका छन् भने आन्दोलनकारीहरुले पनि शान्तिपूर्ण जनप्रदर्शन र जनदबावको बाटो अनुशरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment