काठमाडौं, २१ भदौ । आइतबार बसेको संघीय लोकतान्त्रिक मोर्चाका शिर्ष नेताहरुको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार डाको छोडेर रोएका छन् । राष्टिय मधेस समाजबादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग मोर्चाको भावी रणनीति तय गर्न बसेको अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै गच्छदार रोएका थिए । गच्छदारलाई उदृद्ध गर्दै स्रोतले भन्यो तीन दलका शीर्ष नेताहरुले मेरो कुरा नबुझेका कारण मुलुक दुर्घटनातर्फ अघि बढ्दैछ ।
आफुले मधेसी र थारुको गाली पचाएको, पार्टी बिभाजनको संघारमा पुगेकोे तर प्रमुख तीज दलले कुरै नबुझेको उनले बैठकमा बताउका थिए । उनले भनेका थिए अन्ततः उनीहरुले मलाई बाइपास गर्दै संविधानको बिद्येयकमा संशोधन दर्ता गराए । उनीहरुको यो कार्यले राष्ट ठुलै दुर्घटनामा पर्नेछ ।
स्रोतका अनुसार बैठकमा उनी करिव १० मिनेट रोएका थिए । बैठकमा उनले संविधान जसरी पनि जारी गरेर राष्टपति, उपराष्टपति, प्रधानमन्त्री, र सभामुख बाँडचुड गरि खाने दिवास्वप्नमा तीन दल रहेको बताउँदै आफुलाई प्रधानमन्त्री दिएपनि अहिले नखाने बताए ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment