• Breaking News

    9.15.2015

    श्रीमान विदेशमा श्रीमती होटलबाट रंगे हात पक्रउ

    मोरङ जिल्लाबाट प्रहरीले यौनक्रिया गरिरहेका जोडी रंगेहात पक्राउ गरेको छ । जिल्लाको बेलबारी २ सिसौली चौक स्थित गिरी होटल एण्ड लजबाट एक जोडीलाई बुधबार दिउँसो प्रहरीले रंगेहात पक्राउ गरेको जनाएको छ । उक्त होटलमा प्रहरीले सुराकीका आधारमा छापा मार्दा उनीहरूलाइ पक्राउ गरेको थियो ।

    यस घटनामा पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका राजन केसी र मोरंगको कसेनी ३ हालको बेलबारी नगरपालिका बस्ने रुपा राई ( महिलाको नाम परिबर्तन गरिएको ) रहेको बताइएको छ । बैदेशिक रोजगारीका लागी श्रीमान बिदेशमा रहेकी राई तथा केसीका बिचमा लामो समयदेखी फोन सम्पर्क रहेको थियो । यसै क्रममा राईले नै केसीलाई बेलबारीमा भेटन बोलाएको बताइएको छ । उनीहरूलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ |

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र