काठमाडौं, भाद्र २५ / एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी फुटको जिम्मेवारी लिन वा संविधान निर्माणको प्रक्रिया रोक्न चेतावनी दिएका छन् ।
शुक्रबार विहान प्रचण्ड निवास लाजिम्पाट पुगेर आफ्नो पार्टीका मधेसी र थारु सभासदहरु र नेताहरु पुरै असन्तुष्ट रहेको अवस्थामा उनीहरुको भावनालाई लत्याएर अघि बढ्दा भोलिका दिनमा पार्टीका उनीहरुले पार्टी छाड्ने सम्मको अवस्था आउने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरेका थिए ।
भट्टराईले संविधानसभाको प्रक्रिया केही दिन रोक्दा केही फरक नपर्ने भन्दै प्रक्रिया रोकेर असन्तुष्टहरुसँग वार्ता गरि पुन संविधान निर्माण पं्रक्रिया सुचारु गर्न सुझाव दिएका थिए ।
भट्टराईले बिहीबार मधेसी र थारु सभासद र नेताहरुसँग छलफल गरेपछि उनीहरुको सुझावको आधारमा शुक्रबार बिहानै अध्यक्षलाई भेटेर त्यस्तो सुझाव दिएका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment