दैनिक पत्रिकामा विज्ञापन गरी ठगी गर्ने सोलुखुम्बु तिङ्ला–६ लामुमानेका २९ वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले दैनिक पत्रिकामा “२५ देखि ३० वर्ष डिभोर्स वा एकल खानदानी ईमान्दार महिलाले सिधा सम्पर्क” भनि फोन नम्वरसहित विज्ञापन गरी सम्पर्कमा आएका महिलालाई विवाह गर्ने प्रलोभनमा पारी नगद तथा सरसामान समेत लिई ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनले आफूलाई प्रकाश रानाभाट, प्रकाश थापा र घर मोरङ विराटनगर, चितवन, उदयपुर, ओखलढुङ्गा बताउँदै ठगी गरेका थिए । धादिङवेशीस्थित महिलावाट १८ हजार रुपैयाँ तथा सरसामान र शुक्रवार निज महिलावाट पोखरास्थित माछापुच्छ्रे बैंकमा रहेको १० लाख रुपैयाँ निकाल्न लगाई लिने उद्देश्यका साथ आएकोमा निज महिलाको कोठाबाटै उनी पक्राउ परेका थिए ।
कार्कीको साथबाट प्रहरीले अन्दाजी ४ तोला सुनका गरगहना, ४५ तोला चाँदीका गरगहना, १ थान मोवाइल, चश्मा र नगद ७ हजार ६ सय ५० रुपैयाँ बरामद गरेको छ । निजले बेग्लाबेग्लै ३ जना ब्यक्तिलाई ३ लाख २० हजार रुपैयाँ सापटी दिएको समेत प्रारम्भीक अनुसन्धानवाट खुल्न आएको छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment