• Breaking News

    9.17.2015

    राजसंस्थाबारेको प्रश्नमा कमल थापा बोलेनन्

    भदौ ३१
    सत्तामा जाने बाटो खुलेको राप्रपा नेपालको निष्कर्ष
    काठमाडौं– दुई पटकको संविधानसभा निर्वाचनमा सहभागी भएपनि लामो समय सत्ता बाहिर रहेको राप्रपा नेपालले नयाँ संविधान जारी भएसँगै सत्तामा जाने बाटो खुलेको निष्कर्ष निकालेको छ । बिहीबार राजधानीमा बसेको कार्यसम्पादन समितीले यस्तो निष्कर्ष निकालेको पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए ।

    कार्यसम्पादन समितीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राजसंस्थाबारे सोधिएको एक प्रश्नमा भने अध्यक्ष थापा मौन रहे । अब राजसंस्थाको एजेन्डा बोकिरहने कि छाड्ने भन्ने प्रश्नमा थापाले हिन्दुराज्यतिर कुरा मोडेका थिए ।
    त्यस्तै सत्तामा कस्तो भाग खोज्ने भन्नेबारे अहिलेनै भन्न नसकिने उल्लेख गर्दै थापाले भने, ‘सत्ताको बाटो मात्रै खुलेको हो तर जाने नजाने निर्णय भएको छैन, तर अहिलेको प्राथमिकता सत्ता भन्दा पनि सशक्त प्रतिपक्ष नै हो ।’
    यसअघिको अन्तरिम संविधानमा आफ्नो पार्टीको विमती रहकाले त्यसलाई विस्थापन गर्न लडेको उल्लेख गर्दै थापाले भने, ‘नयाँ संविधान जारी भएसँगै हामी पनि संवैधानिक शक्ति भयौं, अब यही संविधानको परिधीमा रहेर हाम्रा मुद्दाहरु स्थापित गर्ने प्रयत्न गर्नेछौं ।’
    असहमतीका बावजुद बहुमतले पारित भएको संविधान सबैले मान्नुको विकल्प नभएको उल्लेख गर्दै थापाले भने, ‘संविधान पारित हुँदा ताली बजायौं अब हस्ताक्षर गर्छौं, किनकी हामी संविधान विरोधी थिएनौं ।’
    यसअघि एकपटक संविधानसभाबाट बाहिरिएको प्रशंगमा उनले भने, ‘तीन दलले हामीलाइ निरन्तर निषेध गरेपछि दबाब दिन बाहिरिएका थियौं, हामीलाई निषेध गर्नु गल्ती भएको कुरा उनीहरुले स्वीकारेपछि फेरी संविधान निर्माण प्रक्रियामा सहभागी भयौं ।’
    त्यस्तै अबको आफ्नो राजनीतिक एजेन्डा हिन्दुराज्य नै भएको उल्लेख गर्दै थापाले भने, ‘सबैले साथ दिएमा दुई तिहाइ मत ल्याएर नेपाललाइ हिन्दुराज्य बनाएर छाड्छौं ।’


    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र