• Breaking News

    9.10.2015

    फेसबुकमा यी ३ कुरा सेयर गर्नु घातक

    फेसबुकको उद्धेश्य आफ्ना नजिकका व्यक्तिहरुसंग सम्पर्कमा रहन अनि उनीहरु संग तस्बिर तथा मनको कुरा सेयर गर्न हो। तर यो कार्य छिटो छिटो परिवर्यन हुदैछ, कतिपय मानिस ‘ओभरसेयरिग’ का शिकार भएका छन्। तपाईको सबै जानकारी फेसबुकबाटै मिल्ने भएकाले के सेयर गर्ने अनि के नगर्ने बुझ्न महत्वपुर्ण हुन्छ। यहाँ त्यस्तै तीन महत्वपुर्ण कुरा बताइएको छ, जसलाई अधिकांस सबैले सेयर गरिरहेका हुन्छन्, तर सोचेर सेयर गरिएन भने नतिजा राम्रो नआउन सक्छ।

    फोन नम्बरः
    फोन नम्बर फेसबुकमा राख्नु तपाईको परिचय चोर्नेको लागि खुल्ला निम्तो हो। अझ कसैलाइ तपाइको नम्बर थाहा छ भने फेसबुक एकाउन्ट पनि सजिलै पत्ता लगाउन सकिन्छ।

    जानकारी बेचेर कमाइ गर्ने प्रविधिको युग सुरु भइसकेको हामीले विर्सनु हुदैन। यस्तो अवस्थामा सामाजिक सञ्जालमा राखिने जानकारीमाथी होस पुर्याउनु पर्छ।

    के गर्ने?
    जरुरी छैन भने मोबाइल नम्बर नराख्नुहोस्। राख्नै परे सेटिग्स्मा गएर मोबाइल नम्बर लुकाउन सकिन्छ।

    घरको ठेगाना
    छुट्टी मनाउन बाहिर गएको बेला तस्बिर सेयर गर्नाले तपाइ घरमा हुनुहुन्न भने थाहा हुन्छ्। कतिपय अवस्थामा यसले घर चोरीको सम्भावना पनि बढाउँछ। त्यसैले फेसबुकमा तपाईको घर नै भेटिने गरि ठेगाना उल्लेख नगर्नुहोस्।

    के गर्ने?
    तस्बिर सेयर नै गरे पनि छुट्टीबाट फर्केपछि गर्नुहोस्। छुट्टी मनाउन जानु भएको हो, म यहाँ गए म त्यहाँ गए भनी सारा दुनियाँलाई सुनाउन जानुभएको हैन।

    साथै आफ्नो घर वा बसको ठाउँको ठेगाना फेसबुकमा सार्वजनिक नगर्नुहोस्।

    अफिसको जानकारी
    तपाई कहाँ काम गर्नुहुन्छ भनि फेसबुकमा जानकारी राख्दा ह्याकरहरुलाई तपाई संगै तपाईको अफिसलाई पनि निशाना बनाउन सजिलो हुन्छ। आफ्नो तत्कालको नोकरी भन्दा पुराना ठाउँमा काम गरेको स्थानको जानकारी पनि हटाइदिनुहोस्।

    प्रविधिमा भएको विकास र सबैको सबै जानकारी इन्टरनेटमा नै भेटिने यस्तो जमानामा सुरक्षित कसरी हुने जानीराख्नु पर्छ। यस्तो घटनाको शिकार हुनु भन्दा पहिलै सावधानी अपनाएको राम्रो।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र