ठूला-ठूला नेतादेखि बलिउडका जानेमाने कलाकारहरु पनि उनका भक्त छन् । तर, स्वयम्चा ‘राधे मा’ चाहिँ कसको भक्त होलिन् ? यस विषयमा एउटा नयाँ खुलासा भएको छ । उनी पोर्न इन्ड्रस्ट्रीबाट बलिउडमा आएकी सन्नी लियोनीको फ्यान हुन् ।
यस्तो खुलासा ‘राधे मा’ माथि दाइजोको निहुँमा आफूलाई यातना दिन सघाएको आरोप लगाउने महिलाले गरेकी हुन् । ती महिलाले यो पनि दावी गरेकी छिन्, ‘उनले ‘राधे मा’लाई सन्नीको बहुचर्चित आइटम गीत ‘बेबी डल’मा ठूम्का हल्लाउँदै गरेको कैयन पटक देखेकी छिन् ।’
आफूलाई देवीको अवतार बताउने ‘राधे मा’ हिन्दी गीतहरुमा छोटा-छोटा पहिरन लगाएर डान्स गर्दै गरेको भिडियो तथा तस्वीरहरु यसअघि नै सार्वजनिक भइसकेका छन् । साथै धर्मको नाममा भक्तहरुलाई उल्लु बनाउने उनको पर्दा पछाडिका अन्य कर्तुतहरु विस्तारै सामने आइरहेका छन् ।
No comments:
Post a Comment