एजेन्सी– गत हप्ता पृथ्वीमा ठूलो चट्टान आएर ठोक्किदै छ भन्ने हल्ला चारैतिर फैलियो । केही खगोलविद्हरुले २१ सेप्टेम्बर देखि २८ सेप्टेम्बरको अन्त्यसम्म एस्टेरोड नामक चट्टान पृथ्वीमा ठोक्किएपछि पृथ्वी ध्वस्त हुने खतरा रहेको बताए । यो समाचारले चारैतिर स्थान पायो । तर, नासाले यसबारे खण्डन गर्दै प्रस्ट पारेको छ ।
उसले एस्टेरोइड पृथ्वीसँग ठोक्किने कुनै आधार नभएको स्पष्ट पारेको छ । नासाले अर्को शताब्दीसम्म पनि कुनै पनि खगोलीय बस्तु पृथ्वीसँग नठोक्कीने जनाएको छ । नासाले भनेको छ, ‘ति भनिएको दिनमा पृथ्बी ध्वस्त हुने कुनै बैज्ञानिक आधार छैन, यसको कुनै प्रमाण पनि छैन । आगामी १०० बर्षमा त्यस्ता खगोलीय बस्तुहरु पृथ्बीमा ठोक्किने सम्भावना केवल ०।०१ प्रतिशत रहेको छ ।’
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment