• Breaking News

    9.13.2015

    प्रदर्शनकारीको गोली लागेर एक प्रहरी घाइते

    २७ भदौ , विराटनगर।

    सिरहा जिल्लाको मिर्चेयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको गोली लागेर शनिबार राति एक सशस्त्रका प्रहरी जवान घाइते भएका छन् ।

    सशस्त्र प्रहरी गण दन्तकालीका प्रहरी जवान विपीन राई घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
    उनलाई दाहिने पाखुरामा गोली लागेको छ । मिर्चेयास्थित विष्णु क्लिनिकमा उपचार गराइएको बताइएको छ ।

    प्राप्त जानकारीअनुसार, बन्दकर्ताहरुले मिर्चेया–५ स्थित राजमार्गमा रुख ढालेर सडक अवरुद्ध पारेपछि सो सडक खुलाउन पुगेका सो गणका टोलीमाथि लुकेर बसेका समूहले गोली चलाउँदा राई घाइते भएका हुन् ।  रासस
    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र