• Breaking News

    9.12.2015

    ‘थारुहरुको अलग देश हुन पनि सक्छ’

    कैलाली, २७ भदौ ।
    थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले थारुलाई बाहिर राखेर संविधान आए थारु बाहुल्य क्षेत्रलाई देशबाट अलग गर्ने चेतावनी दिएका छन् ।
    धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले पहिचानमा आधारित थारुलाई प्रदेश नदिए थारुहट प्रदेश छुट्टै प्रदेश पनि बनाउन पनि सकिने बताए । विश्वमा थुप्रै घटना भएको चित्रण गर्दै उहाँले संविधान निर्माणकै प्रक्रियामा असन्तुष्ट जनताले अलग्गै देश घोषणा गरेकाले थारुले पनि अलग देश घोषणा गर्न सक्ने दाबी गरे ।
    अर्को फरक प्रसंगमा अध्यक्ष चौधरीले विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक मोर्चाप्रति असन्तुष्टि जनाउँदै मोर्चाबाट अलग हुने समेत बताए । फोरम लोकतान्त्रिक कैलालीका केही भाग मिलाएर थारुवानमा मिलाए पनि सहमतिमा आउन लागेको उनीहरुसँग आन्दोलनमा एक भएर जान नसकिने उनले बताए । भने, ‘हामीहरुलाई कैलाली कञ्चनपुरदेखि नवलपरासीसम्मको थारुवान प्रदेश चाहिन्छ ।’
    संविधान जारी हुने समय नजिकिँदै जाँदा थारुवान प्रदेशको माग राख्दै कैलालीका थारु आन्दोलनमा छन् । उनीहरु नयाँ बन्ने संघीय नेपालको खाकामा कैलाली कञ्चनपुरसहित नवलपरासीसम्म मिलायर थारुवान प्रदेशको मागको अडानमा छन् ।
    पत्रकार सम्मेलनमा अरु थारु नेताले थारुको माग बेवास्ता गरे आन्दोलनको आँधिबेहरी ल्याउने बताए । पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले काँग्रेस, एमाले र एमाओवादीले संघीयताको परिभाषा नबुझेको आरोप लागाए ।
    nepalese.org

    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    1 comment:

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र