झापा १८ भदौ / श्रीमती बैदेसिक रोजगारीका लागि कुवेत गएपछि झापाको मेचीनगर नगरपालिका निवासी एक व्यक्तिले आफ्नै छोरीलाई दवावमा राखेर पटक– पटक जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका – १० काँकरभिट्टा निवासी ४० वर्षीय दंगाल थरका एक व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले तीन महिना अघि श्रीमती वैदेसिक रोजगारीका लागि कुवेत गएपछि आफ्नै १५ वर्षीया छोरीलाई दवावमा राखेर पटक – पटक वलात्कार गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
पछिल्लो समय गत भदौ १४ गते राति कोठामा सुतिरहेकी पीडित वालिकालाई उनले जवरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएको डीएसपी अधिकारीले बताउनुभयो । पीडित वालिकालाई यस अघिपनि उनले विभिन्न समयमा डर देखाई वलात्कार गर्ने गरेको निवेदनमा उल्लेख छ – अधिकारीले भन्नुभयो ।
यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता भीमवहादुर दाहालले पक्राउ परेका दंगाल विरुद्ध जवरजस्ती करणी महलमा आज मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाएको बताउनुभयो ।पीडित वालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment