• Breaking News

    9.13.2015

    मधेसको आन्दोलनमा भारु र दारुको चलखेल भएको यादवको आरोप

    काठमाडौं, भदौ २८ । तराईमा जारी हिंसात्मक आन्दोलनका सहभागी सर्वसाधारण जनतालाई आर्थिक प्रलोभन र जबर्जस्ती गरेर ल्याइएको खुलासा भएको छ ।

    मानवअधिकार आयोग लगायतका विभिन्न स्वतन्त्र निकायहरुले गरेको अनुसन्धानका क्रममा युवाहरु मोटरसाइकलमा दिनको २ लिटर पेट्रोल र खाना तथा खाजा खर्च पाउने लोभमा आनादेनलमा सहभागी भएको पाइएको छ । आन्दोलन हिंसात्मक हुँदा गोली चल्ने क्रममा मारिनेहरु राजनीतिक दलका कार्यकर्ता भन्दा बढी सर्वसाधारण किन परे ? यो प्रश्नको जवाफ खोज्ने क्रममा अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो ।

    मधेस केन्द्रित दलका कार्यकर्ताहरुको संख्या कति छ भन्ने सबैलाई थाह छ । यसपटकको आन्दोलन मधेस केन्द्रित नेताको आह्वानमा भन्दा पनि मधेसमा गाउँमा मुखिया, सामन्त वा ठेकेदारमार्फत् गाउँलेलाई आन्दोलनमा सहभागी गराइएको छ । त्यसक्रममा पैसाको ठूलो चलखेल भएको कांग्रेस नेता महेन्द्र यादवले बताए ।

    ‘यो मधेसी जनताको अन्तिम लडाई हो भन्दै यसमा नलाग्नेलाई गाउँ निकाला गर्ने धम्की सरपञ्चमार्फत दिइएको छ’ उनले भने, ‘युवालाई मोटरसाइकलमा पेट्रोल र अन्यलाई खाना खाजा खर्च भनेर नगद दिइएको छ ।’

    मधेसवादी दलका नेताहरुले आन्दोलनमा लागेर ज्यान गुमाउनेका परिवारलाई ५० लाख रुपैयाँ दिने भनेका थिए । त्यसयता यसपटक आन्दोलनकारीलाई केही सय रुपैयाँ दिइएको छ ।

    मधेसमा चलिरहेको आन्दोलनमा भारु र दारुको चर्चा अहिले निकै चलेको छ । आन्दोलनकारीहरु रक्सीको नशामा सडकमा आउने गरेको पाइएको छ । धेरैजसोलाई के का लागि आन्दोलन भन्ने पनि थाह छैन । मारिनेहरु अधिकांश राजनीति बाहिरका हुनुले पनि त्यो दावीलाई पुष्टि गर्छ । साँघु साप्ताहिकमा खबर छ ।

    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    1 comment:

    1. yo mahender ray khush wadi ko dalal ho . yo sunda hasilagx ki kehi paisa ko lobhma aafno jyaank baaji lagauna aaux.

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र