• Breaking News

    8.20.2015

    प्रहरी इन्काउन्टरमा गुन्डा नाइके कुमार घैंटे मारिए

    काठमाडौं, भदौ ३ । प्रहरीको खोजीमा रहेका ‘गुण्डा नाइके’ भनिएका कुमार लामा ‘घैंटे’ बिहीबार प्रहरीसँगको मुठभेडमा मारिएका छन् ।
    महानगरीय अपराध महाशाखाको टोली र घैंटे समूहबीच राजधानीको सामाखुसीस्थित रानीबारीमा भिडन्त भएको थियो ।
    प्रहरी स्रोतका अनुसार घैंटेको समूहले सर्च अभियानमा रहेको प्रहरीमाथि फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही गरेको हो ।
    प्रहरीको गोली लागि घाइते भएका घैंटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो । अस्पतालमै उनको मृत्यु भएको जनाइएको छ ।
    प्रहरीका अनुसार घटनास्थलबाट घैंटेले प्रयोग गर्दै आएको अवैध पेस्तोलसमेत बरामद भएको छ ।
    भीडन्तमा घैंटे समूहका अन्य दुई जनालाई पनि गोली लागेको बताइएको छ । प्रहरीले घैंटे समूहका सात जनालाई नियन्त्रणमा लिएको छ ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र