काठमाडौँ, २ भदौ । अनिमेष हत्या काण्डको छानविन गर्न गृहमन्त्री बामदेव गौतमले लिखित आदेश दिएपछि हत्या अभियुक्त छोरा आयुषलाई बचाउन नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्री सुशील कोइरालाको सहारा लिएका छन् । प्रधानमन्त्रीको आडमा गृहमन्त्री बामदेव गौतमसँग जुहारी खेल्दै आएका आइजीपी अर्यालले हत्या अभियुक्त छोरामाथी छानविन प्रक्रिया रोक्न पनि कोइरालाकै सहारा लिएका छन् ।
मृतक अनिमेषका बाबु आमाले छानविनको माग गर्दै गृहमन्त्री गौतमसंग आग्रह गरेका थिए । पीडित परिवारको गुनासो सुन्दै गृहमन्त्री गौतमले आइजीपी पुत्र आयुषबिरुद्ध जाहेरी लिन र छानविन प्रक्रिया अघि बढाउन मध्यमाञ्चल प्रहरी प्रमुखलाई लिखित आदेश दिएका थिए । आइजीपीलाई जानकारी नै नगरी गृहमन्त्रीले मध्यमाञ्चल प्रहरी प्रमुखलाई आदेश दिएपछि दुई साताअघि अर्याल प्रधानमन्त्री कोइरालाको सरकारी निवास बालुवाटार पुगेका थिए । ‘मलाई गृहमन्त्रीले सास्ती दिन थाल्नु भयो, नभएको दोष लगाएर मेरो परिवारलाई बद्नाम गराउँदै हुनुहुन्छ हजुर’, प्रधानमन्त्री कोइरालासँग आइजीपी अर्यालले भने ‘प्रहरीले उजुरी लिएर छानविन पनि गरिसक्यो तर पनि मलाई बद्नाम गर्न गृहमन्त्रीज्यूले पीडित परिवारलाई उचाल्दै हुनुहुन्छ ।’
अर्यालको आग्रहपछि प्रधानमन्त्री कोइरालाले छानविन भइसकेको बिषयलाई फेरी नदोहरयाउन मध्यमाञ्चल प्रहरी प्रमुखका नाममा अर्काे निर्दशन जारी गरेका छन् । प्रधानमन्त्री कोइरालाले छानविन भइ किनारा लागि सकेको बिषयलाई फेरी नउठाउन र त्यसबाट थप झण्झट नवाउन निर्देशनमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशन पछि थप बलियो बनेका आइजीपी अर्यालले सार्वजनिकरुपमै आफु निकटका डीआइजीहरु परिचालित गरि गृहमन्त्रीबिरुद्ध बोल्न समेत लगाएका छन् । केही दिनअघि भएको एक प्रहरी कार्यक्रममा आइजीपी अर्यालबाट परिचालित डीआईजी नवराज सिलवालले गृहमन्त्रीको आलोचना गरे । ‘तपाईका कारण हाम्रो शिर झुकेको छ गृहमन्त्रीज्यू’ भन्दै आक्रोस समेत पोखेका थिए । नेपाल प्रहरीको अधिकार कटौति गरी सशस्त्र प्रहरीलाई दिएको भन्दै डीआइजी सिलवालले गृहमन्त्रीको आलोचना गरेका थिए । यसअघि गृहमन्त्रीले एक प्रहरी कार्यक्रममा दिएको अभिब्यक्तिलाई रेकर्ड गरी आइजीपी अर्यालले प्रधानमन्त्री कोइरालासँग पठाएका थिए । जसमा आइजीपीले आफुलाई प्रहरीबाटै डर लाग्ने गरेको अभिब्यक्ति दिएका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment