मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको नेपाल बन्दका दिन वनेपा-११ स्थित सल्ला पाखा सामुदायिक वन क्षेत्रमा आज दिउँसो १ बजेतिर सिलिण्डर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।
उनका अनुसार बम विस्फोट हुँदा काभ्रेको बनेपादेखि धुलीखेलसम्म जनताहरु त्रासित बनेका छन् । बम पड्केपछि एकछिन बस्तीमा भागादौड मच्चिएको डीएसपी केसीले बताए ।
अहिले घटनास्थलमा नेपाल प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ । ‘घटनाको अनुसन्धान गरिरहेका छौं । कसले पड्काएको भन्ने बारेमा कुनै पत्ता लागेको छैन् । घटनामा भएको क्षतिको विवरण पनि संकलन गरिरहेका छौं ।’ घटनास्थलबाट उनले भने ।
डीएसपी केसीका अनुसार यसअघि पनि काभ्रेमा वैद्य माओवादीको बन्दका समयमा २ पटक बम विस्फोट भएको थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment