१२ बर्ष पूरा
काठमाडौँ ३२, साउन । इतिहासमा आजको दिन (साउन ३२) कालो दिन हो । २०६० साल साउन ३२ गते तत्कालिन शाही नेपाली सेनाले दोरम्बामा २१ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो । । हत्याकाण्ड भएको आज १२ वर्ष पुरा भएको छ । त्यस दिन रामेछापको दोरम्वा बजार नजिकै स्थानीय शिक्षक युवराज मोक्तानको घरमा माओवादी कार्यकर्ताहरुको बैठक बसिरहेको थियो । मन्थलीबाट मेजर राममणी पोखरेलको नेतृत्वमा झण्डै ८० जना सेनाको टोली युवराजको घरमा घेरा हाल्यो । केही माओवादी कार्यकर्ता सैनिकका घेराबाट उम्कन सफल भए भने २१ जनालाई सेनाले आफनो कब्जामा लिए हत्या गरेको थियो ।
सेनाले आक्रमण गरेपछि जिल्ला सेक्रेटरी मदन, राजन, रामकुमार, उदय, मोहन, अमीर, सागर, मनोज लगायत ११ जना कार्यकर्ताहरु भने प्रहरीबाट उम्किन सफल भएका थिए । समातिएकाहरुलाई सोधपुछ नै नगरी सवैलाई पछाडिबाट डोरीले बाँधी बन्दुकले हान्दै सेनाले सैलुङको बाटोतर्फ लगेको थियो । डाँडाकटेरी भन्ने स्थानमा पुगेपछि सुनसान भिरालो बाटोमा १९ जनालाई गोली हानी हत्या गरियो । उनीहरुलाई गोली प्रहार गरि हत्या गरेर भिर मुनि फ्याँकिएको थियो ।
यो हत्याकाण्डको चौतर्फी आलोचना भएको थियो । सोही दिनको सम्झनामा तीन माओबादीले दोरम्बामा स्मृति दिबस मनाउदै आएका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment